काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९औं बैठकले उनलाई यही भदौ २८ गतेदेखि लागू हुने गरी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त भएका उनले एमपीए र एमबीए गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् ।
नेपाल सरकारको सेवामा रहँदा उनीसँग विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव छ । उनको कार्यकालमा बैंकले थप उचाइ हासिल गर्ने विश्वास लिइएको छ ।