काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ४ हजार ८८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (असार २०) गतेबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
आवेदकले आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।