काठमाडौं । पोखरा फाइनान्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ४ करोड ८२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ३ करोड ५७ लाखमा सिमित भएको हो । चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेको सञ्चालन नाफा घट्न गई नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. ६ करोड ६६ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड १० लाख पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा २५ प्रतिशत घटेको हो ।
नाफा घट्ेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १८ रहेकोमा चालू आवमा घटेर रू. ४ दशमलव ४१ मा झरेको हो । ४ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८ करोड पुगेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. ५१ करोड ६२ लाख सञ्चिती गरेको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको मूल्य आम्दानी अनुपात ८३ दशमलव ९० गुणा, तरलता अनुपात २४ दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव ७८ रहेको छ ।