जेठ ३१, काठमाडौं(अस) । सिटिजन्स बैङ्क इण्टनेशनल लिमिटेडको ६ लाख १९ हजार ८ सय ३ कित्ता हकप्रद शेयर असार १५ गतेदेखि लीलाम विक्री गरिँदैछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार २१ रहेको छ ।
बैङ्कले हकप्रद शेयरको लागि २०७३ चैत २४ गतेदेखि २०७४ वैशाख २८ गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ १ लाख ९९ हजार ३ सय १३ कित्ता र सर्वसाधारण समूहतर्फ ४ लाख २० हजार ४ सय ९० कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. १ सय तोकिएको हँुदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछन् । कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ । बैङ्कको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.