विराटनगर। कोशी प्रदेशका पूर्वमन्त्री केदार कार्की ९ बुँदे माग सहित प्रदेशसभा अगाडि आमरण अनसन बसेका छन ।
उनले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवा सहित निःशुल्क उपचार कार्यक्रम हुनुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
त्यस्तै, महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहन भत्ता दिनुपर्ने, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थी, डाक्टर, इन्जिनियर लगायत बिभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति तथा जनावरमैत्री जङ्गल हुनुपर्ने माग प्रदेश सरकारसमक्ष राखेर अनशन बसेका हुन ।