वीरगञ्ज । कर्फ्यूका कारण पर्साको वीरगञ्ज सुनसान देखिएको छ । कर्फ्यूका कारण उद्योग, व्यापारसँगै आम दैनिकी प्रभावित भएको छ ।
सोमवार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यू मंगलवार (आज) बिहान केही घन्टा खोलिए पनि बिहान १० बजेदेखि पुनः लगाइएको हो । सोमवार वीरगञ्जमा प्रदर्शनका क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सोही दिन साँझ ५ बजेदेखि कर्फ्यू लगाएको थियो ।
वीरगञ्जको पूर्वमा नगवाचोक, पश्चिम तिलावेपुल, उत्तरमा परवानीपुर र दक्षिणमा नेपाल–भारत सिमानामा रहेको मितेरी पुलसम्मको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
कर्फ्यूको समयमा देखिएको वीरगञ्जको दृष्य ।
लिङ्करोडमा बन्द गरिएका सटर ।
सुनसान देखिएको बाईपास सडकखण्ड ।
फुटपाथमा खाजा बेच्दै एक व्यापारी ।