काठमाडौं। कृषि विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सोमवार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभामा सहभागी शेयरधनीले उठाएका जिज्ञासाको जवाफ सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पारेका थिए । साधारणसभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी तथा बैंक सञ्चालक समितिका सदस्यहरू दीर्घराज मैनाली, डा. हरिबहादुर केसी, गोविन्दप्रसाद भट्टराई, सञ्जिव पौडेल, विनोदकुमार गुरागाईं, रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिति थियो भने साधरणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.