नेपालबाट कृषिजन्य उत्पादनको निर्यात वर्षेनि वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०६८/६९ मा अघिल्लो आवको तुलनामा यस्ता वस्तुहरूको निर्यात करीब ११ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार यो वृद्धिदर यसअघिको भन्दा झन्डै दोब्बर हो ।
कृषि उत्पादनहरूको निर्यात बढ्नु निश्चय पनि कृषिप्रधान मुलुकका लागि सन्तोषको विषय हो । हामीले निर्यातजन्य कृषि उत्पादन बढाउन सक्यौं भने त्यसबाट अन्य क्षेत्रको व्यापारघाटासमेत कम गर्न सकिन्छ भन्ने कुरा पनि प्रस्ट भएको छ ।
नेपालको आर्थिक समृद्धिको आधार नै जल, जङ्गल, जमीन, जडीबुटी र जनशक्ति हो । कृषि उत्पादनमा जल, जमीन र जनशक्ति तीनओटै स्रोतको उपयोग हुन्छ । यसैले उपलब्ध स्रोतको सदुपयोगको दृष्टिले पनि नेपालमा कृषि उत्पादन बढाउन सकिने प्रशस्त सम्भावना छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ७, सोमवार २५ भदौ, २०६९