काठमाडौं । कुमारी बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको शेयर सर्वसाधारणमा जारी गरेका छन् । कुमारी बैंकले ८ हजार ८९२ कित्ता र इन्फिनिटी लघुवित्तले ९९ हजार ३७२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेका हुन् ।
पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखी दुवै कम्पनीले यी शेयर विक्री खुला गरेका थिए । संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएका यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएका हुन् ।
कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक खरीकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
इन्फिनिटी लघुवित्तले भने आगामी १५ दिनभित्र कम्पनीको शेयर खरीदका लागि केन्द्रीय कार्यालय गैंडाकोट, नवरपरासीमा आवेदन पेस गर्न भनेको छ ।