काठमाडौँ । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरुमध्ये इच्छुकले आगामी ३५ दिनभित्र यी शेयर खरिदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
आवेदन बैंकको काठमाडौँ टंगालस्थित केन्द्रीय कार्यालय वा काठमाडौँ नक्साल नागपोखरीस्थित शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालयमा पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने बैंकले जनाएको छ ।