काठमाडौं । कुमारी बैंकले माघ महीनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार बैंकले पुस महीनाको तुलनामा ब्याजदर घटेको छ ।
प्रकाशित सूचना अनुसार बैंकले माघ महीनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८ दशमलव ११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८ दशमलव ११ प्रतिशतका दरले ब्याज दिनेछ ।
त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६ दशमलव ११ प्रतिशत र न्यूनतम ५ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।
पुस महीनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९ दशमलव ३१ प्रतिशत ब्याज दिइरहेको छ भने संस्थागत मुद्दतिमा ७ दशमलव ३१ प्रतिशत ब्याज दिइरहेको छ ।