काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले माघ २८ गते गर्ने साधारण सभा प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस आधारमा माघ ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा र बुक क्लोजको मिति तय गरेको हो । साथै बैंकले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।