काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति तय गरेका छन् ।
यी दुवै फण्डले भदौ १९ गते बुक क्लोज गर्ने भएका छन् । यसका आधारमा भदौ १८ गतेसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश पाउनेछन् ।
यी म्युचुअल फण्डले इकाइधनीहरूलाई गत आर्थिक वर्षसम्मको मुनाफबाट समान ९.५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।