काठमाडौं । असार मसान्तसम्म कुमारी इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ९६ पैसा कायम भएको छ । जेठ मसान्तसम्म १० रुपैयाँ ४२ पैसा रहेको फण्डको प्रतिइकाई खुद मूल्य असारमा बढेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । योजनाको खुद सम्पत्ति मूल्य असार मसान्तसम्म १ अर्ब ९ करोड रुपैयाँभन्दा बढी छ ।
असार मसान्तसम्म योजना ९ करोड २९ लाख रुपैयाँभन्दा बढी नाफामा छ । जेठ मसान्तसम्म योजनाले ३ करोड ९८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
योजनाको जम्मा आम्दानी जेठमा ५ करोड ६८ लाख रुपैयाँभन्दा बढी रहेकोमा असारमा बढेर ११ करोड १५ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले असार मसान्तसम्म १ अर्ब ४ करोड ३३ लाख रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम नै देखिन्छ । बैंक मुद्दति निक्षेपमा १५ करोड ८७ लाख रुपैयाँभन्दा बढी लगानी गरेको योजनाको मुद्दति निक्षेपसहित कुल लगानी मूल्य ९७ करोड ४० लाख रुपैयाँभन्दा बढी छ ।