काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’ले निष्कासन अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको ‘कुमारी सबल योजना’का इकाइहरू विक्री गर्न अनुमति दिएको हो । अब यो योजनाका १ अर्ब रुपैयाँ बराबरका इकाई विक्री खुला गरिनेछ ।
योजना व्यवस्थापक कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गर्नेछ । यो बन्दमुखी योजना हो ।