काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजना माघ मसान्तसम्म १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नाफामा छ । पुस मसान्तसम्म १ करोड ९८ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको योजनाको नाफा माघमा भने घटेको हो ।
कम्पनीको जम्मा आम्दानी माघ मसान्तसम्म २ करोड १६ लाख रुपैयाँभन्दा बढी छ भने जम्मा खर्च ४८ लाख ४० हजार रुपैयाँभन्दा बढी छ । पुस मसान्तसम्म योजनाको जम्मा आम्दानी २ करोड ३९ लाख रुपैयाँभन्दा बढी थियो भने जम्मा खर्च ४१ लाख ४१ हजार रुपैयाँभन्दा बढी थियो ।
खुलामुखी प्रकृतिको यस योजनाले माघ मसान्तसम्म धितोपत्र तथा बैंक मुद्दती निक्षेपमा गरेको लगानी धितोपत्र दलाल कमिसनसहित ३४ करोड २२ लाख ९८ हजार रुपैयाँभन्दा बढी छ । माघ मसान्तसम्म यस योजनाले बैंक मुद्दती निक्षेपमा ३ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंक मुद्दती निक्षेपसहित योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य भने ३६ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी छ ।
माघ मसान्तसम्म योजनाको इकाई ३ करोड ५९ लाख ६१ हजार ८०५ छ । पुस मसान्तसम्म योजनाको इकाई ३ करोड ६२ लाख ७५ हजार ४९० थियो । योजनाको प्रतिइकाई खुद मूल्य पुस मसान्तसम्म ११ रुपैयाँ १९ पैसा थियो भने माघ मसान्तसम्म ११ रुपैयाँ ११ पैसा कायम भएको छ ।