काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० वैशाख १५ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ ।
सिटी स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे सभा शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै सभाले यस संस्थाले अन्य वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गतेदेखि २०८० वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।