काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले २४औं वार्षिक साधारण सभा मङ्सिर १८ गते गर्ने भएको छ । सभा ललितपुर, जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा उक्त दिन बिहान १० बजेबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वर्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंङ्सिर ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा आज अर्थात् मङ्सिर १० गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् ।