काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर वितरण गरेको छ । कम्पनीले चैत ३ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले चैत ३ गते २ करोड ३४ लाख ६८ हजार कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म हकप्रद शेयर निष्कासन गरी सो अवधिसम्म विक्री नभएको शेयर भने माघ २१ गतेदेखि फागुन ५ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको थियो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर विक्री कार्य सम्पन्न गरेको हो । २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्तापूँजीको आधारमा विक्री भएको हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम भएको छ ।