काठमाडौं । विद्युत् नियमन आयोगले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।
आयोगको साउन १५ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिने निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा निवेदन दिएको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको छ । जसअनुसार कम्पनीले अब ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।