काठमाडौं । विश्वव्यापी विद्युतीय सवारीसाधन निर्माता सेरेसले सन् २०२५को अप्रिल महीनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (एनईभी) विक्री वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।
यो अवधिमा ३१ हजार ४८८ एनईभी विक्री गरेको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ९९ प्रतिशतले बढेको बताइएको छ ।
चोङकिङलियाङजियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको एनईभी बजारमा बलियो उपस्थिति बनाएको छ ।
यसको प्रमुख मोडल एम९ लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महीनासम्म चीनको सेल्स चार्टमा अग्रस्थान कायम राखेको बताइएको छ ।
सन् २०२५ को पहिलो त्रैमासिकमा विक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँ मोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसनसँग जोडेर हेरेको तर अप्रिलमा भएको वृद्धिले विक्रीको सम्भावनालाई बढाएको कम्पनीको भनाइ छ ।