काठमाडौं । लक्ष्मी ई–मोबिलिटी प्रालि र जीओ अटोमोबाइल्स प्रालि ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित भएका छन् ।
यी कम्पनी नेपालका लागि काईई मोटर्सका अधिकृत वितरक हुन् । चीनको यिबिनमा आयोजित काईई अटो ग्लोबल बिजनेस सम्मेलन २०२५ मा यो अवार्ड प्रदान गरिएको हो ।
यो सम्मानले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई विश्वभरका ५० क्षेत्रीय वितरकमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकको रूपमा स्थान दिएको बताइएको छ ।
यसले नेपालमा उनीहरूको उच्च वृद्धि सम्भावना र प्रभावशाली उपस्थिति प्रतिबिम्बित गर्ने बताइएको छ । यो प्रतिष्ठित अवार्डले नेपालमा काईई सवारीसाधन परिचय गराउने र प्रवद्र्धन गर्ने कार्यमा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले गरेको उल्लेखनीय प्रयासलाई मान्यता दिएको उनीहरूको दाबी छ ।