काठमाडौं । ललितपुरको नवप्रभात डेरी उद्योगले मोही लेबलिङ र प्याकेजिङ गरी विक्री थालेको छ । उद्योगले ‘प्रभात मोही’ नाम दिएर मोहीको विक्री थालेको हो ।
काठमाडौंको दरबारमार्गका आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नवप्रभात डेरी उद्योगलाई गुणस्तरमा कायम गरिराख्न अनुरोध गरे ।
सो कार्यक्रममा उनले आफै मोही बनाएका थिए । उनले आफूले धेरै वर्षपछि ठेकीमा मोही बनाएको र यसले बुबाआमा, हजुरबुबा, हजुरआमाले मोही बनाएको याद आएको बताए ।
कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष एवं मोही अभियानकर्ता प्रल्हाद दाहालले मोहीलाई ब्राण्डिङ गरी हरेक उपभोक्ताको हातहातमा पु¥याउने लक्ष्य पूरा भएको बताए । उनले उपभोक्तालाई ढुक्क भएर बजारमा उपलब्ध मोही उपभोग गर्न अनुरोध गरे ।
नेपाल डेरी एसोसिएसनले मोहीलाई ब्राण्डिङ गर्ने अभियान चलाएपछि देशभरका विभिन्न उद्योगले मोही लेबलिङ र प्याकेजिङ गरी विक्री गरिरहेका छन् ।