काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले पोखरामा सञ्चालनमा रहेका बिगमार्ट सुपरमार्केटमा १० प्रतिशत छूट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छूट पाउने भएका हुन् । डेबिट कार्डमार्फत कारोबार गर्दा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा रू. २०० सम्म क्यासब्याक र क्रेडिट कार्डमार्फत कारोबार गर्दा अधिकतम रू. २०० सम्म छूट पाइने बताइएको छ । यो क्यासब्याक बिगमार्टका रामबजार, पर्स्याङ, बगर, शितलादेवी र फूलबारी शाखामा पाइने बताइएको छ ।
बैंकले विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई छूट प्रदान गर्दै आएको छ । यसले ग्राहकलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको बैंकको अपेक्षा छ । साथै बैंकले ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवा सञ्चालन गर्दै आएको बताएको छ ।