काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यसअघि फागुन १ गते विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरिएको थियो ।
३५ दिनसम्म विद्यमान संस्थापक शेयरधनीमा यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडमा आवेदन पेस गर्नुपर्नेछ ।
लगानीकर्ताहरूले आफूले खरीद गर्न चाहेको मूल्य वा शेयर संख्या खुलाई आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । बैंकले गणेश बहादुर श्रेष्ठको नाममा रहेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।