काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरूलाई गत (आर्थिक वर्ष) आवको मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पनि पारित गरेको छ । साथै साधारण सभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एकापसमा गाभ्ने/गाभिनेसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।