काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् ।
भदौ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कागेश्वर–६, काठमाडौं निवासी भट्टराईलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचना जारी गर्दै भट्टराईलाई आगामी चार वर्षे कार्यकालका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको जानकारी दिएको छ ।