काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ ।
पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।