काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले प्रस्ताव गरेको १० दशमलव ५३ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट करसमेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ८ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा प्रयोजनका लागि मङ्सिर २७ गते एक दिन बुक क्लोज गर्ने भएकाले मङ्सिर २६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।