काठमाडौं । मौलाकाली केवल कार लिमिटेडले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्दै आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको साधारण सभा सम्बन्धी निर्णय कम्पनीले मंसिर १३ गते सार्वजनिक गरेको हो ।
सभा कम्पनीको रजिस्टर्ड कार्यालय गैडाकोट, नवलपरासीमा बिहान १० बजे सुरु हुनेछ । सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।