काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर चैत १ गतेदेखि विक्रीमा ल्याएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रुपैयाँको आधारमा ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका यी हकप्रद शेयर खरीदका लागि फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्ने जानकारी कम्पनीले दिएको छ । यो हकप्रद शेयर चैत ५ गतेसम्म विक्रीमा रहनेछ ।
हकप्रद शेयर खरीदका लागि मेडिकेयर हस्पिटल लिमिटेडको रजिष्टर्ड कार्यालय चावहिल, काठमाडौंबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र आवेदन नदिएको खण्डमा कम्पनीको नियमावलीमा भएको व्यवस्थाबमोजिम त्यसरी जफल गरिएको शेयर कम्पनीको सम्पत्ति हुने जानकारी समेत कम्पनीले दिएको छ ।
कम्पनीले हकप्रद शेयर विक्री गर्ने प्रस्ताव गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।