काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार र होटल तथा रेष्टुराँ क्षेत्रका विभिन्न संस्थाहरूसँग समन्वय गरी ग्राहकलाई छूट दिने उद्देश्यले सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न संस्थाका सेवामा छूट प्राप्त गर्ने बताइएको छ ।
बैंकका ग्राहकले ललितपुर धापाखेलस्थित सुमेरु हस्पिटल प्रालिका सेवामा १५ प्रतिशतसम्म, रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलका सेवामा २० प्रतिशतसम्म र तनहुँको आँबुखैरेनीस्थित मल्ल फेन्सीमा १० प्रतिशत छूट पाउने बताइएको छ । त्यस्तै मकवानपुरको हेटौंडास्थित श्रीसु ब्युटीपार्लरका सेवामा १० प्रतिशत र काठमाडौंको बाँसबारीस्थित ब्युटीफुल कलेक्सनमा १० प्रतिशतसम्म छूट पाइने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।