काठमाडौं। महालक्ष्मी विकास बैंकले सोमवार ३०औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता र्याली, रक्तदान कार्यक्रम, स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ लगायतका कार्यक्रम तय गरेको बताइएको छ । सोमवार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय वेशभूषामा बंैकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम गरेको बताइएको छ ।
बैंकले केन्द्रीय कार्यालयमा मंगलवार (आज) स्वास्थ्य शिविर र बुधवार आँखा शिविर सञ्चालन गर्ने जानकारी दिएको छ । त्यस्तै दुई वर्षदेखि गरिँदै आएको महालक्ष्मी कर्पोरेट क्रिकेटको तेस्रो शृंखला ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४’ १६ टिमको सहभागितामा जेठ २२ देखि २४ सम्म सञ्चालन गर्ने बताइएको छ ।