काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।
यही पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
अघिल्लो आव २०७९/८० को मुनाफाबाट पनि कम्पनीले लाभांश वितरण गरेको थिएन । कम्पनीले आव २०७८/७९ को नाफाबाट भने ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो ।