काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ । पुस १४ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित गरेको ९ दशमलव ५० प्रतिशत बोनस शेयर फागुन १० गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
यस वर्ष कम्पनीले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले पारित गरेको हो ।
कम्पनीले साविक चुक्ता पूँजी १ अर्ब १ करोड ५० लाख १ हजार रुपैयाँको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार रुपैयाँ कायम भएको छ । मङ्सिर २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । कम्पनीले लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनका लागि मङ्सिर २८ गते एक दिन बुक क्लोज गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम छ । गत वर्ष कम्पनीले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड छ ।