काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक तर्फको २६ हजार ८४९ कित्ता संस्थापक शेयर माघ १६ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले दिलिप कुमार श्रीवास्तवको नाममा रहेको १८ हजार कित्ता र वासना केसीको नाममा रहेको ८ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्रीका लागि दुई पटक सूचना जारी गरिसकेको छ । दुई पटक सम्म विद्यमान संस्थापक शेयरधनीहरूमा सूचना जारी गर्दा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरिएको हो ।
इच्छुक सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । के कति रेटमा शेयर खरीद गर्ने हो सो समेत खुलाई कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधानमा आवेदन पेश गर्नुपर्नेछ ।