काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । त्यसपछि कम्पनीले लगातार तीन वर्ष शेयरधनीको हात खाली बनाएको छ ।
साथै कम्पनीले गत आवको वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । २७औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराजमा गर्ने नेप्सेमार्फत जनाइएको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।