काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले रू. १ करोड २८ लाख नाफा कमाएको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा रू. ३ करोड ३२ लाख नाफा कमाएको थियो । सो अवधिमा कम्पनीको प्रत्यक्ष आम्दानी रू. ११ करोड ३६ लाख थियो । दोस्रो त्रैमासमा भने कम्पनीको प्रत्यक्ष आम्दानी रू. ५ करोड ५८ लाख रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ५८ करोड ८० लाख रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ करोड १९ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ७४ रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.