काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । आइतवार विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन् ।
कम्पनीले बैशाख १९ गते देखि २४ गते सम्म ५५ लाख ५९ हजर ४२० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.