काठमाडौं । मोदी इनर्जी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा जेठ १६ गते गर्ने भएको छ । कम्पनीको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा जेठ १६ गते डिल्लीबजार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरू गर्ने जानकारी दिएको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।