काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २५ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।