काठमाडौं । एमआई–१७ विमानबाट मर्मतका लागि गौचर विमानस्थलमा ल्याउँदै गरेको हेलिकप्टर शनिबार भारतको केदारनाथमा दुर्घटनाग्रस्त भएको छ । मर्मतका लागि हेलिकप्टर झुन्ड्याएर लाँदै गर्दा कारण उक्त हेलिकप्टर बोकेको एमआई–१७ हेलिकप्टरको सन्तुलन बिग्रिएपछि पाइलटले वस्ति नभएको स्थान हेररे हेलिकप्टर खसालेका थिए । तीब्र गतिको हावाका कारण एमआई–१७ हेलिकप्टरले सन्तुलन गुमाउन थाल्यो र खतरा महसुस गर्दै पाइलटले हेलिकप्टरलाई उपत्यकाको खाली स्थानमा खसालेका हुन् ।
यसअघि गत जेठ १५ गते केदारनाथ हेलिप्याडभन्दा केही पर केही प्राविधिक गडबडीका कारण निजी हेलिकप्टर आपतकालीन अवस्थामा अवतरण गरेको थियो । सोशी हेलिकप्टरलाई मर्मतका लागि आर्को हेलिकप्टरमा झुन्ड्याएर लगिंदै थियो ।
जिल्ला पर्यटन अधिकारी राहुल चौबेले भने, 'मर्मतका लागि एमआई–१७ विमानको सहायताले शनिबार हेलिकप्टरलाई गौचर विमानस्थलमा लैजाने योजना थियो । अलि दूरी पार गर्ने बित्तिकै एमआई–१७ ले हेलिकप्टरको भार र हावाहुरीका कारण सन्तुलन गुमाउन थाल्यो, जसका कारण हेलिकप्टरलाई थारू क्याम्प नजिकै खसाल्नु परेको थियो ।'
अधिकारीका अनुसार हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन, घटनाको जानकारी पाउनासाथ उद्धार टोली घटनास्थलमा पुगेको थियो । चौबेले भने, 'टोलीले स्थितिको निरीक्षण गरिरहेको छ।
भारतको सञ्चार माध्यम एनडीटीभीले अपलोड गरेको भिडियोमा उक्त घटना भएको क्षणलाई देखाइएको छ । यसअघि गत जेठ १५ गते केदारनाथ हेलिप्याडभन्दा केही पर केही प्राविधिक गडबडीका कारण निजी हेलिकप्टर आपतकालीन अवस्थामा अवतरण गरेको थियो । (एएनआई/रासस)