काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनका लागि मंसिर २० गतेदेखि निष्कासन गरेको इकाईमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्न लागेको हो ।
योजना सञ्चालनका लागि पूँजी संकलन गर्ने उद्देश्यले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरेको हो । निष्कासनमा आएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंकलाई र २ प्रतिशत दरको २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।
यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । यी इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडकै रहेको छ । इकाई खरीदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सहिने व्यवस्था रहेको छ ।