काठमाडौं। मुक्तिनाथ विकास बैंक र साउथवेस्टर्न बिजनेश कलेजबीच बैंकिङ साक्षरता र व्यवसाय आदनप्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कलेजका विद्यार्थीलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ, जसद्वारा विद्यार्थीले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीका बारेमा ज्ञान प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले योग्य विद्यार्थीलाई इन्टर्नशिप र प्रशिक्षणको सुविधा पनि उपलब्ध गराउने बताइएको छ । सहकार्यबाट कलेजका विद्यार्थीको क्षमता विकास गर्ने, वित्तीय जागरण तथा विद्युतीय कारोबारको जोखिमको बारेमा सचेतना बढाउने र रोजगारीको अवसर समेत प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ ।
बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सकिने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।