काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय चितवनको भरतपुर महानगरपालिका–१० वाइपास रोड स्थित जिल्ला सहकारी संघको भवनमा सरेको छ । आधुनिक बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र थप सर्वसुलभ बनाउने अभिप्रायले केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको बताइएको छ ।
साथै बैंकले हाकिमचोकस्थित शाखा कार्यालयको समेत शुभारम्भ गरेको छ । बैंकले चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयमार्फत बैंकिङ कारोबार संञ्चालन गर्दै आएको बताइएको छ ।