काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी वैशाख १८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले चितवनको टाँडीस्थित होटल स्टारमा उक्त दिन बिहान ११ः३० बजे सभा शुरु गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
सञ्चालक मनोनयन र निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय पनि सभाका लागि प्रस्ताव गरिएको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।