काठमाडौं । आइतवार नेप्सेमा पाँच छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५९१ दशमलव ६५ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू.६४४ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यसैगरी नेप्सेले नबिल बैंकको १८ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. ७२१ दशमलव १० तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ८५४ दशमलव ५० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. ३३३ दशमलव ६५ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ३४७ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । त्यस्तै हिमालयन बैंकको नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. ३३८ दशमलव ०६ ताकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ३६५ दशमलव १० को आधारमा मूल्य समायोजन गरेको हो ।
बुटवल पावर कम्पनीको नेप्सेले ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू.३२२ दशमलव ३८ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ३३८ दशमलव ५० को आधारमा शेयर मूल्य समायोजन गरेको हो । यी कम्पनीहरुले लाभांश तथा साधारण सभा प्रयोजनको लागि आइतवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।