काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ को प्रतिइकाई खुद सम्पत्ति मूल्य पुसको तुलनामा माघमा घटेको छ । पुस मसान्तसम्म १० रुपैयाँ ३१ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म भने १० रुपैयाँ १५ पैसा कायम भएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ११ करोड २० लाख इकाई जारी गरेको थियो ।
माघ मसान्तसम्म योजनाको कुल लगानी मूल्य १ अर्ब १० करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म योजनाको बैंक मुद्दति निक्षेपमा लगानी देखिएको छैन । धितोपत्रमा मात्र योजनाको लगानी देखिएको हो । योजनाले यस अवधिसम्म धितोपत्र दलाल कमिसनसहित धितोपत्रमा गरेको लगानीको परल मूल्य भने १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी छ । योजनाको परल मूल्यभन्दा बजार मूल्य कम भएको छ ।
माघ मसान्तसम्म योजना १ करोड २७ लाख रुपैयाँभन्दा बढी नाफामा छ । यो नाफा पुस मसान्तसम्म ३ करोड ९ लाख रुपैयाँभन्दा बढी थियो । पुसको तुलनामा माघमा योजनाको नाफा कम भएको हो । माघमा योजनाको जम्मा आम्दानी घटेको र खर्च बढेकाले नाफा घट्न पुगेको हो ।
पुस मसान्तसम्म ४ करोड १४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको कम्पनीले माघ मसान्तसम्म २ करोड ४८ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । खर्च भने पुसमा १ करोड ४ लाख रुपैयाँभन्दा बढी रहेकोमा माघमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी भएको छ ।