काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनओटा म्युचुअल फण्डले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेका छन् ।
नबिल ब्यालेन्सड् फण्ड ३,नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्सड् फण्ड २ ले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । उक्त विवरणअनुसार तीनओटै फण्डको न्याभ कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा घटेको हो ।
नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ कात्तिक मसान्तसम्ममा रू.९ दशमलव ५१ रहेकोमा मङ्सिर मसान्तसम्ममा रू. ९ दशमलव ४३ कायम भएको हो । त्यसैगरी नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ रू. ८ दशमलव २५ रहेकोमा मङ्सिर मसान्तसम्ममा रू. ८ दशमलव २२ कायम भएको हो ।
त्यस्तै नबिल इक्वीटी फण्डको न्याभ मङ्सिर मसान्तसम्ममा रू. ९ दशमलव ५६ कायम भएको छ । यस फण्डको न्याभ कात्तिक मसान्तसम्ममा रू.९ दशमलव ५६ थियो ।
न्याभसँगै यी तीनओटै फण्ड मङ्सिर मसान्तसम्ममा नोक्सानीमा रहेका छन् ।
नबिल इक्वीटी फण्डले मङ्सिर मसान्तसम्ममा रू. ७ करोड २३ लाख नोक्सानीमा रहेको छ । यस फण्ड कात्तिक महीनामा पनि रू. ६ करोड ५८ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी कात्तिक महीनाको तुलनामा मंसिर महीनामा बढेको छ । यस फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७७ करोड ४८ लाख लगानी गरेको छ । यो लगानी कात्तिक महीनामा रू. ८४ करोड ४८ लाख थियो ।
त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को नोक्सानी पनि कात्तिकको तुलनामा मंसिरमा बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डले रू. ३ करोड ९८ लाख नोक्सानी ब्यहोरेकोमा मङ्सिर मसान्तसम्ममा बढेर रू. ४ करोड ३५ लाख पुगेको हो । यस फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५९ करोड ५५ लाख लगानी गरेको हो । यो लगानी कात्तिक मसान्तसम्ममा रू. ६० करोड ५० लाख थियो ।
त्युसैगरी नबिल ब्यालेन्सड् फण्ड २ ले मङ्सिर मसान्तसम्ममा रू. ७ करोड ४३ लाख नोक्सानी ब्यहोरेको छ । फण्डले कात्तिक मसान्तसम्ममा पनि रू. ६ करोड ५६ लाख नोक्सानीमा थियो । यी फण्डहरुको मङ्सिर मसान्तसम्ममा खर्चमा वृद्धि भई जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएका हुन ।