काठमाडौं । नबिल फ्लेक्सी क्याप फण्डले जेठ मसान्तसम्म १ करोड ८२ लाख ४३ हजार रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
वैशाख मसान्तसम्म १७ लाख ८१ हजार रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजनाले नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो । जेठमा जम्मा आम्दानी बढेकाले नोक्सानी सुधार्दै योजना नाफा गर्न सफल भएको हो ।
वैशाख मसान्तसम्म योजनाले ७६ लाख ७७ हजार जम्मा आम्दानी गरेकोमा जेठ मसान्तसम्म २ करोड ८८ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो ।
खुलामुखी प्रकृतिको यस योजनाको जेठ मसान्तसम्म कायम इकाई ६ करोड २५ लाख ३६ हजार ५९ कायम भएको छ । वैशाख मसान्तसम्म ९ रुपैयाँ ८६ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म १० रुपैयाँ १८ पैसा कायम भएको हो ।
मुद्दती निक्षेपसमेत योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य भने ४४ करोड ६१ लाख रुपैयाँभन्दा छ । बैंक मुद्दती निक्षेपमा योजनाले २० करोड रुपैयाँ लगानी गरेको छ । योजनाको कुल लगानी ४४ करोड ७६ लाख रुपैयाँभन्दा बढी छ ।